चितवनका व्यवसायीको टोली मुक्तिनाथतिर

पोखरा,सन् २०२२ मा मुस्ताङको लेतेमा हुने भनिएको अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारी अभ्याससँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित चितवनका व्यवसायीको टोली मुक्तिनाथतिर लागेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा नेपाल अटोमोबाइल्स एशोसिएशन वाग्मती प्रदेश र चितवन अटोमोबाइल्स डिलर्स एशोसिएशनको आयोजनामा सो टोली शुक्रबार उक्त स्थानतिर लागेको हो ।

कार्यक्रमका संयोजक राजन पियाले मोटर स्पोर्टस्को प्रवद्र्धन र अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारीलाई जोड दिएर कार ¥याली गरिएको बताउनुभयो । “सन् २०२२ मा अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिता गर्ने भनिएको लेतेभन्दा केहीमाथि कालीगण्डकी करिडोरसँगैको तीन चार किलोमिटरको बगरमा गाडी घुमाउने, चलाउनेलगायतका गतिविधिसम्बन्धी अभ्यास गराउने छौँ”, पियाले भन्नुभयो । योसँगै मोेटर स्पोट्र्सलाई प्रवद्र्धन, सडक सुरक्षामा सचेतनासहित चितवनको देवघाट र मुक्तिनाथलाई धार्मिक पर्यटनबाट जोड्न र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसमेत रहेको उहाँको भनाइ छ ।

पियाले सुस्ताएको पर्यटनलाई चलायमान गराउन अब यस्ता केही गतिविधिबाट आन्तरिक पर्यटन चलायमान बनाउन लाग्नुपर्ने बताउनुभयो । पियाका अनुसार औपचारिक कार्यक्रम दुईदिनको भए पनि अधिकांश व्यवसायी केही दिन उताका अन्य ठाउँ घुमेर फर्कन सक्नेछन् । आन्तरिक पर्यटन पुनःरुत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नि कँडेलले सुस्ताएको पर्यटन क्षेत्रमा करिब १०० जनाको टोली मुक्तिनाथ पुगेर मोटर स्पोर्टस्को अभ्यासमा जुट्ने कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले अहिलेको अवस्थामा यति ठूलो सङ्ख्यामा चितवनदेखि मुक्तिनाथसम्मको भ्रमणले पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने र यसले सकारात्मक सन्देश प्रवाह गर्दै पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।