दोस्रो पवित्र थलो मानिने विद्यालय नै या,तना थलो बन्दै

काठमाडौं , गत वर्ष काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ का २५ र ७ का नौ जना विद्यार्थीलाई आन्तरिक परीक्षामा कम नम्बर ल्याएको भन्दै पाखुरा र नाडीमा पेन्सिल तिखार्ने ब्लेडले चिर्न लगाइन्।

२० पूर्णाङ्कको परीक्षामा १५ भन्दा थोरै नम्बर ल्याउने ३४ विद्यार्थीलाई उनले जति नम्बर नपुगेको हो, त्यति नै पटक ब्लेडले नाडीमा चिर्न लगाएकी थिइन् । घरपछि सिकाइको दोस्रो पवित्र थलो मानिने विद्यालय नै यातना थलो बन्दै गएको यी प्रतिनिधिमँलक घटना हुन्।

तर शिक्षकहरूले भने यस्तो घटनामा कमै गल्ती महसुस गरेको पाइन्छ । पढाइमा लापरबाही गरपछि बानी सुधार्न सामान्य दण्ड दिइएको उनीहरू बताउँछन्। दाङको घटनामा संलग्न शिक्षक विकले विद्यार्थीले लापरबाही गरेकाले सामान्य दण्ड दिएर सुधार्न खोजेको कान्तिपुरसँग बताएका थिए ।

‘मैले गल्ती महसुस गरेको छु,’ उनले भने, ‘विद्यार्थीलाई यातना दिने मनसाय होइन ।’ तर विद्यार्थीको बानी सुधार्ने, अनुशासन र शिष्टता सिकाउने नाममा गरिने निर्घात कुटपिट र यातनाले विद्यालयमा त्रास सिर्जना हुने त छँदै छ, बाल मनोविज्ञानमा पनि असर परिरहेको मनोविद्हरूको तर्क छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।