उनापानीमा धारा

सिमकोट, लामो समयदेखि कुवाको पानी खान बाध्य हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका वासिन्दाले धाराको शुद्ध पानी पिउन थालेका छन् ।

गाउँपालिका–३ को उनापानीको पाँधे लेकमा रहेका नागरिकले शुक्रबारबाट धाराको शुद्ध पानी पिउने सुविधा पाएको स्थानीय छक्क फडेराले बताउनुभयो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग र ग्रामीण जनउत्थानको प्राविधिक सहयोगमा खानेपानी निर्माण गरिएपछि उक्त ठाउँका स्थानीय खुशी भएका छन् ।

शुक्रबारबाट धारामा पानी झरेपछि सम्पूर्ण नागरिकले सो सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् । सो ठाउँको गुसाँ मूलको पानी ल्याएर पाँधेलेकमा झार्दा यहाँका स्थानीय पानीको स्रोतमा जोडिएका हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।