मरुभूमी बन्यो धनकुटाको तरकारी जोन, क्षतिको बिवरण संकलन गदै पालिका

नारायण कुमार राई्,धनकुटा  । बाह्रै महिना तरकारी खेतीले हराबरा देखिने धनकुटाको तरकारी जोन सिंधुवा क्षेत्र बैसाख २ गते परेको असिना पानीका कारण मरुभूमी जस्तै देखिएको छ ।

करिव २४ घण्टा मध्येपहाडि लोकमार्ग र स्थानिय बाटाघाटाहरु अवरोध हुनेगरी परेका असिनाले सिंधुवा क्षेत्रका फर्म र ब्यक्तिगत रुपमा लगाईएको हरियो घाँस नष्ट हुंदा गाउँका चौपायाहरु समेत भौकले कराईरहेका छन् ।

मरुस्थल जस्तै देखिएको सिंधुवा क्षेत्रमा अहिले चराचुरुङ्गीहरुको आवाज बिहिन सुनसान बनेको छ भने असिनाले टिनका छाने,खानेपानी टंकीमा र घर बाहिर राखिएका भाँडावर्तनहरु पुटेका छन् ।

असिनाले लागेर केहि ब्यक्तिहरुको टाउकोमा चोट समेत लागेको स्थानियबासीहरुले जानकारी दिएका छन् ।

हाल सबै क्षेत्रबाट तथ्यांक संकलन गर्ने काम भईरहेकोले क्षतिको यकिन तथ्यांक आएको छैन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तेह्रथुम तथा जोन ईकाई धनकुटा अन्तर्गत सिुधवा क्षेत्रको.१ हजार २ सय १० हेक्टरमा लगाईएको सबै तरकारी बाली नष्ट भएको छ ।

ईकाइका प्राविधिक सहायक भर्मराज कटुवालका अनुसार छथर जोरपाटी वडा नं.६,५ र २, महालक्ष्मी नगरपालिका वडा नं.८,९र १ मा लगाईएको सबै तरकारीबाली नष्ट भएका छन् ।

बेलुकीपख करिव ४५ मिनेट भन्दा बढी परेको असिना पानीले छथर जोरपाटी गाउँपालिकाको सिंधुवा जोन क्षेत्रमा लगाईएको काउली,बन्दा,आलु,मटरकोसा,साग,नर्सरी र टनेलहरु नष्ट गरेका छन् ।

छथर जोरपाटी गाउँपालिका वडा नं.६ को मजुवा गाउँमा मात्र करिव ३० करोड बरावरको क्षति भएको जिल्ला सहकारी संघ धनकुटाका कोषाध्यक्ष समेत रहेका स्थानिय अगुवा कृषक युवराज थापाले जानकारी दिनुभयो ।

उक्त गाउँमा करिव ३ सय घरले लगाएको सबै तरकारी नष्ट उहाँले जानकारी दिनुभयो ।

क्षतिको बिवरण संकलन तथा अनुगमन गर्न प्रतिनिधि–सभा सदस्य राजेन्द्र कुमार राई,प्रदेश ‘ख’का सभासद् ईन्द्रमणी पराजुली तथा जिल्ला प्रशासन कार्यालय धनकुटा र पत्रकारहरुको टोली सिंधुवा पुगेको थियो ।

बिपद पछि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्ष भीमला क्षेष्ठको नेतृत्वमा क्षतिको बिवरण संकलन गर्ने काम भईरहेको पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।