धनकुटाको पाख्रिबासमा शुरु भयो नेपालकै ठूलो व्यावसायिक कफी खेती

धनकुटा,८ बैसाख । पाख्रिबास नगरपालिका धनकुटामा नेपालकै सबैभन्दा ठूलो स्तरमा ब्यबसायीक कफी खेती शुरु गरिएको छ ।

नगरपालिकाले बुधबार कृषि प्राबिधिक र सन्चारकर्मीहरुलाई अनुगमन गराएर कफी खेतीको बारेमा बिस्तृत जानकारी दिएको छ । नगरपालिकाले गत बर्ष कृषि अभियान्ता तथा बिज्ञ जीवन कुमार राईको नेतृत्वमा यसको सम्भाब्यता अध्ययन गरेर यो बर्षबाट खेती शुरु गरेको हो ।

नगरपालिकाले यो बर्षबाट खेती बिस्तार गर्न १० लाख लागतमा ७ रोपनी क्षेत्रफलमा मुगा स्थित राई गाउँमा कफीको नर्सरी शुरु गरेको छ । ५ लाख कफीका बिरुवा उत्पादन गर्ने लक्षका साथ नगरको लगानीमा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटाले यो बर्ष उत्पादन गरेको ५० हजार बिरुवा रोपिनेछन् ।

१ हजार ४४ दशमलप २९ किमि क्षेत्रफल रहेको पालिकामा ४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिने नगरपालिकाका मेयर बिर्खबहादुर राईले जानकारी दिनुभयो ।

नगरपालिकाले आबश्यक नीति बनाएर नगर भित्र र सार्वजनिक रुपमा बिरुवा बितरण तथा बिक्री गर्ने मेयर राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।