संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छूट दिने निर्णय

अक्सिजन उद्योगले खपत गरेको विद्युत् महसुलमा सरकारले छूट दिने भएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले छूट दिने निर्णय गरेको हो ।

सीसीएमसीले भारतबाट निर्यात गरिँदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने, ट्यांकर र सिलिन्डर आपूर्ति बढाउनेलगायत निर्णयसमेत गरेको छ । सरकारले चीनबाट ४ सय थान र ओमनबाट ५६१ थान सिलिन्डर ल्याइसकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिन्डर ल्याउने काम भएकाले अब अक्सिजनको समस्या खेप्नु नपर्ने सीसीएमसीको निष्कर्ष छ ।

बैठकमा आर्थिक स्रोतको अभाव र प्रक्रियागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनुपरेको भन्दै तत्काल प्रक्रियागत झन्झटलाई सहज बनाएर काम अघि बढाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले यस्तो निर्देशन दिइरहँदा आइतवारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ । आइतवार कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार अब सीसीएमसीले प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल काम अघि बढाउनेसमेत निर्णय गरेको छ ।

सामग्री खरीद प्रक्रियादेखि अन्य कामसमेत कानूनी रूपमा झन्झटिलो हुँदा जनताले ज्यान गुमाउनु परेको भन्दै सरकारले तत्काल संकट व्यवस्थापनमा अघि बढ्ने निर्णय गरेको उनले जानकारी दिए । आर्थिक अभियान दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।