नेपाल प्रहरीले संकलन गर्‍यो देशभरबाट ९ हजार अक्सिजन सिलिन्डर

नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो ।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २६ वैशाखयता सोमबार साँझसम्म देशभरबाट झन्डै ९ हजार अक्सिजन सिलिन्डर संकलन गरिएको छ । भरिएको अवस्थामा रहेका अस्पताल तथा खाली सिलिन्डर अक्सिजन उद्योगलाई दिइएको जानकारी उनले दिए ।

प्रहरीले संकलन गरेका अक्सिजन सिलिन्डरमध्ये भरिएको अवस्थामा रहेका अस्पताल र खाली अक्सिजन प्लान्ट रहेका उद्योगलाई हस्तान्तरण गर्दै आएको छ । ‘सोमबार साँझसम्म ९ हजार थान संकलन भयो,’ प्रहरी केन्द्रीय प्रवक्ता कुँवरले राजधानीसँग भने, ‘तीमध्ये ७ हजार ७ सय २६ थान वितरण गरिएको छ ।’

संकलित सिलिन्डर प्रहरीले सीसीएमसी, डीसीएमसी तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अस्पताललाई दिँदै आएको हो । संकलन गरिएकामध्ये १ हजार १ सय ८३ थान खाली सिलिन्डर हस्तान्तरण गर्न बाँकी रहेको र ती सिलिन्डर पनि अक्सिजन उद्योगलाई भर्न दिएर अस्पतालमा पठाइने प्रहरीले भनेको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।