अक्सिजन उद्योग सञ्चालन गर्न आधार दरमै ऋण

काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण ह्वात्तै बढेपछि अति आवश्यक बनेको अक्सिजन उत्पादनका लागि लगानी सहायतालाई नेपाल राष्ट्र बैङ्कले उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७-७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैङ्कहरूले आधार दरमै ऋण उपलब्ध गराउने गरी व्यवस्था गरेको छ ।

केन्द्रीय बैङ्कले समीक्षामार्फत पछिल्ला दिनमा उच्च माग रहेको अक्सिजन उद्योग स्थापनाका लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको हो ।

सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक, अस्पताल वा उद्योगहरूलाई तरल अक्सिजन प्लान्ट स्थापनाका लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापनाका लागि २० करोडसम्मको कर्जालाई एक वर्षको विशेष पुनर्कर्जा उपलब्ध गराउने पनि राष्ट्र बैङ्कले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।