अस्पतालमा संक्रमणबाट सि,किस्त बिरामीको चाप

भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ। ती अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्।

पश्चिम क्षेत्रका विभिन्न जिल्ला अस्पतालको उपचार र होम आइसोलेसनमा बस्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अधिकांश बिरामी नेपालगन्जका अस्पतालमा आएर भर्ना भएका हुन्। बाँके जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार भेरी अस्पतालमा बुधबार बेलुकीसम्म २ सय २८ जना संक्रमित भर्ना छन्।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ सय १८ जना र शिक्षण अस्पताल नेपालगन्जमा ११ जना संक्रमितले उपचार गराइरहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

बाँकेमा तीन दिनयता संक्रमण दर क्रमिक रूपमा ओरालो लागे पनि अस्पतालमा गम्भीर अवस्थाका बिरामीको चाप भने नघटेको भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पारश पाण्डेले बताए। नागरिक दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।