दिनै किन हुन थाल्यो यति धेरै सं,क्रमितको मृ,त्यु ?

कोरोना संक्रमणले वैशाख १ गते ३ जनाको मृ,त्यु हुँदा मृतकको कुल संख्या ३ हजार ६१ थियो । वैशाखको पहिलो साता नै एक दिनमा ज्यान गुमाउनेको संख्या दुई अंक अर्थात् १० माथि पुग्यो, वैशाख २७ पछि तीन अंक अर्थात् सयभन्दा बढीको मृ,त्यु हुन थाल्यो ।

‘दोस्रो लहरमा कोभिडले मृ,त्यु हुनेको संख्या हरेक साता अप्रत्याशित रूपमा दोब्बरभन्दा बढी भएको छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘गत वर्ष कोभिडको पहिलो लहरमा यस्तो अवस्था थिएन।’

ईडीसीडीका पूर्वनिर्देशक डा. ठाकुरले चिकित्सा सेवा सुविधा बेलैमा नपाउँदा धेरै संक्रमितको मृत्यु भएको बताए । ‘उपयुक्त सेवा बेलैमा पाएको भए कोभिडले मृ,त्यु भएको भनिएकामध्ये करिब आधा जतिलाई बचाउन सकिन्थ्यो,’ उनले भने ।

डा. ठाकुरले रोग पहिचान नभएर कतिपय संक्रमितको घरमै मृ,त्यु भएको हुन सक्ने पनि बताए । ‘देशभरिका पालिकामा डेढ महिनायता दर्ता भएको मृ,त्युको विश्लेषण आवश्यक छ । करिब ९० प्रतिशतसम्म मृ,त्यु कोभिडसँग सम्बन्धित हुन सक्छ,’ उनले भने । कान्तिपुरमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।