माहुरी पालन व्यवसायबाट एकै वर्षमा ९ लाख ४० हजार आर्थिक आम्दानी
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ का एक कृषकले माहुरी पालन व्यवसायबाट एकै वर्षमा ९ लाख ४० हजार आर्थिक आम्दानी गरेका छन् ।

विगत ६ वर्षदेखि व्यवसायिक रुपमा माहुरी पालन गर्दै आउनुभएका कृषक सुक्र बहादुर राईले यो वर्ष मात्र मह विक्रि गरेर ३ लाख र दुइ सय भन्दा बढी माहुरीको घार बिक्रि गरेर ६ लाख ४० आर्थिक आम्दानी गर्नुभएको हो ।
आर्थिक उपार्जनका लागि विदेशी भूमीमा समेत पसिना खर्चिनु भएका उहाँ विदेशमा राम्रो कमाइ नभएपछि आज भन्दा १० वर्ष अघि स्वदेश फर्केर व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्नु भएको हो । सोही क्रममा २०७२ साल देखि व्यवसायिक रुपमा माहुरी पालन व्यवसाय गर्न थाल्नु भएका उहाँले यो व्यवसायबाट राम्रो आम्दानी लिन सफल हुनुभएको हो ।
उहाले अहिले ८५ वटा घार भन्दा माथि सेरेना जातका माहुरी पालन गर्नुभएको छ । यो वर्ष २ सय ७० केजी मह उत्पादन गरेर ३ लाख आम्दानी लिन आफु सफल भएको कृषक राईको भनाई छ । त्यस्तै उहाँले माहुरीको आधुनिक घार पनि बनाई विक्रि गर्ने गर्नु भएको छ ।
यस वर्ष माहुरीको गोला विनाको ९० वटा घार, प्रतिघार ५ हजारको दरले ४ लाख ५० हाजारको आफुले विक्रि गरेको उहाँले वताउनुभयो । त्यस्तै माहुरी सहितको ५ वटा घार प्रतिघार ५ हजारकै दरले २८ वटा घार विक्रि गरी १ लाख ९० हजार कमाएको उहाँको भनाई छ ।
अझै पनि कृषि ज्ञान केन्द्र धनकुटा लगायत बाट २२ वटा माहुरीको घारको माग उहाँले बताउनु भयो । उहाले माहुरीको घार तथा मह जिल्लाको विभिन्न स्थानिय तह सहित बाहिर जिल्ला सुनसरी, मोरङ, उदयपुर भोजपुर लगायतका जिल्लामा निर्यात गर्ने गर्नुभएको छ । अहिले धनकुटामा माहुरीको मह प्रति के.जि १ हजार पर्ने गरेको छ ।


