तामाकोसी आयोजनामा आजदेखि पुनः पानी पठाइने

चरीकोट, जेठ १० । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा सोमबारदेखि पुनः पानी पठाउन लागिएको छ ।

मुख्य पाइप (पेन‚टक पाइप)सँग जडान गरिएका दुईवटा मर्मती–ढक्कनबाट पानी रसाएकामा त्यसलाई मर्मत गरेपछि यी संरचनामा प्राविधिक परीक्षणका लागि पुनः पानी पठाउन लागिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ३७३ मिटर अग्लो तल्लो पेन‚टक, ३१० मिटर अग्लो माथिल्लो मुख्य पाइप र सो त्यसको साँघुरो पाइपलाई तल्लो मुख्य पाइपको साँघुरो पाइपसँग जोड्ने करिब सय मिटर तेर्सो मुख्य पाइपको परीक्षण गर्ने क्रममा यसमा जडान गरिएको मर्मती–ढक्कनमा पानी रसाएको थियो । त्यसको मर्मत गत वैशाख २९ गतेदेखि सुरु गरिएको थियो । मर्मतपछि अब यी संरचनामा पुनः पानी पठाउन लागिएको हो ।

परीक्षणका लागि पहिला पठाएको पानी पूर्ण रूपमा सुकाएर मर्मत गर्दा २८ दिन लागेको जानकारी दिँदै प्रवक्ता डा न्यौपानेले भने, “अब पानीको गति बढाएर प्राविधिक परीक्षण गरिन लागिएको हो । आयोजनाको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मानिएका ८२२ मिटरको वाटरहेड धान्ने मेनसट अफ भल्भ तथा छवटा युनिटमा जडान गरिएका मेन इन्लेट भल्भहरूको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । ”

यिनमा थोरै पनि कमजोरी हुन नहुने भएकाले मुख्य पाइपमा पानी भरी प्राविधिक परीक्षणकै क्रममा मर्मती–ढक्कनमा सम‚या देखिएको थियो । अब मर्मत गरिएको छ ।आयोजना चाँडो सक्न तीव्र दबाब भएका कारण छिटो काम सक्न खोज्दा दक्षता र गुण‚तर नपुगेकाले अहिले पेन‚टक पाइपकै भागमा सम‚या देखिएको आयोजनाका प्राविधिकहरूको निष्कर्ष रहेको छ । गोरखापत्र दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।