सरकारले पूर्ण बजेट ल्याउन मिल्ने कि नमिल्ने ?

विपक्षी दलका नेता, अर्थविद् तथा कानुनविद्हरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताइरहँदा सरकार भने जेठ १५ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८÷०७९ को पूर्ण बजेट ल्याउने तयारीमा जुटेको छ ।

आइतबार आफ्नो सरकारी निवास बालुवाटारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुरुप बजेट आउने बताए । उनले आगामी आर्थिक वर्षको बजेट औपचारिक कार्यक्रमका बीच अध्यादेशमार्फत ल्याउने भन्दै आफूले यसअघि भाषणमा भनेका कुरा समेटेर बजेट आउने पनि बताए ।

कानुनविद्, अर्थविद् तथा पूर्वअर्थमन्त्री भने संविधानले परिकल्पना नै नगरेको परिस्थिति आएकाले अध्यादेशमार्फत बजेट ल्याउनु परेको भए तापनि वर्तमान सरकारले संसद्मा विश्वासको मत लिन नसकी कामचलाउ भएका कारण पूर्ण बजेट ल्याउन नसक्ने बताउँछन् ।

‘संसद् नभएको बाध्यात्मक कारणले अध्यादेशमार्फत बजेट ल्याउनु परेकोले नियमित खर्च तथा क्रमागत आयोजना नरोकियोस् भनेर असार मसान्तसम्ममा अध्यादेशमार्फत कामचलाउ बजेट ल्याउनुपर्छ,’ पूर्व अर्थमन्त्री डा. रामशरण महत भन्छन् ।

सरकारले यदि अध्यादेशमार्फत पूर्ण बजेट ल्याउँछ भने त्यो राजनीतिक रुपमा बेइमानी हुने पनि उनी बताउँछन् । प्रधानमन्त्री ओलीले भने आगामी आर्थिक वर्षको पूर्ण बजेट जेठ १५ गते अध्यादेशमार्फत आउने स्पष्ट पारेका छन् । कारोबार दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।