राजेन्द्र महतोलाइ बर्खास्त गर्न माग

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभारग्रहण लगत्तै संविधानविपरीत विवास्पद अभिव्यक्ति दिएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री महतोले शनिबार पदभार ग्रहणलगत्तै संविधानको मर्म र प्रस्तावनाविपरीत हुनेगरी नेपाललाई बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने अभिव्यक्ति दिएका हुन् ।

सो अभिव्यक्तिको चौतर्फी विरोध र आलोचना भएको छ । देशको सार्वभौमिकताविपरीत अभिव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री महतोलाई बर्खास्त गर्न माग गरिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली हालसम्म पनि यो विषयमा मौन बस्नुलाई आश्चर्यका रूपमा हेरिएको छ ।

विवास्पद अभिव्यक्तिपछि चौतर्फी आलोचना खेपिरहेकै बेला पुनः दिउँसो जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि पनि उनले ‘नेपाल बहुल राष्ट्रिय राज्य भएको’ जिकिर गरेका छन् । ‘बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानुन, संविधान र सहभागिता हुनुपर्ने’ उनको तर्कसमेत छ ।

‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन, सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ,’ उनले भने, ‘यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’ राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖