लकडाउनका बीच निरन्तर चिया उत्पादन गर्दै धनकुटाका चिया उद्योग
धनकुटा,२३ जेठ । कोरोना भाइरस र लकडाउनका कारण अघिल्लो बर्ष आफ्नो उत्पादन र निर्यात ६० प्रतिशतसम्म घटाएका धनकुटाका निजी र सहकारी मार्फत संचालित चिया प्रसोधन उद्योग तथा किसानहरुले यो बर्ष भने लकडाउनको समयमा अन्य समयको जस्तै निरन्तर चिया उत्पादन गरेको जनाईएको छ ।
जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात गर्दै आएका धनकुटाका निजी र सहकारी मार्फत संचालित चिया प्रसोधन उद्योगले निरन्तर स्वाथ्य मापदण्डको पालना गर्दै उत्पादन गरिरहेको चिया तथा कफि बिकास बोर्ड हिलेका लेखापाल रामकुमार लिम्बुले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो कोरोना संक्रमणका कारण चिया उत्पादन घटाउनु पर्ने अवस्था नआएको किसान तथा उद्योगीले बताएका छन् ।
धनकुटाका ५ हजार किसान परिवार चिया खेतिमा संलग्न रेहका छन् भने करिब १० हजार ६७ रोपनीमा चिया खेति हुने गरेको चिया तथा कफि विकास वोर्ड हिलेले जनाएको छ ।(फाइल तस्बीर)


