धनकुटामा १५ प्रतिशत भन्दा वढी रोपाई
असार १५,धनकुटा । असार १५ अर्थात आजको दिनलाई नेपालमा निक्कै महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ ।
आजको दिनलाई परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने सुरुवाती दिनको रूपमा लिइन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ ।
त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने नाराका साथ मनाईएको छ ।
यसैवीच असार १५ सम्म धनकुटामा १५ प्रतिशत भन्दा वढी रोपाई भएको छ । ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाँई हुँदै आएको यहाँ अहिले सम्म १५ प्रतिशत भन्दा वढी रोपाँई भएको कृषि विकास निर्देशनालय प्रदेश १ ले जनाएको छ ।


