मन्त्रालयले स्थानीय तहलाई ४५ करोड रुपैयाँ निकासा

काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ ।

चालु आर्थिक वर्ष २०७७–७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।

तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको मन्त्रालयका सहसचिव विष्णु गौतमले जनाए । यस वर्ष मन्त्रालयले २ सय २१ वटा स्थानीय तहमा प्रशासनिक भवन बनाउन रकम विनियोजन गरेको थियो ।

तर ४५ वटा भवनहरुमा काम भए पनि रकम अपुग भएकाले भुक्तानीका लागि बजेट दिएको उनले बताए । ‘अब काम सुरु गरेर रकम खर्च गर्न निकासा दिइएको होइन,’ उनले भने, ‘काम भएर पनि जहाँ रकम अपुग भएको हो, त्यहाँ निकासा गरिएको हो ।’

आर्थिक वर्ष सकिनै लाग्दा विभिन्न मन्त्रालयहरुबाट धमाधम बजेट निकासा भइरहेको छ । अन्य समयमा निकै कम खर्च हुने बजेट असार लागेपछि भने ठूलो मात्रामा खर्च हुने गरेको छ । त्यसै अनुरुप मन्त्रालयले पनि असार महिनामै यति ठूलो रकम निकासा गरेको हो ।यो समाचार आजको कारोबार दैनिकमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।