लेउती दोभान चुवाडे उखु डाँडामा उखु पकेट क्षेत्र कार्यक्रम मार्फत व्यवसायिक उखु खेती शूरु

असार २४,धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ७ लेउती दोभान चुवाडे उखु डाँडामा उखु पकेट क्षेत्र कार्यक्रम मार्फत व्यवसायिक उखु खेती शूरु गरिएको छ ।

यसअघि परम्परागत रुपमा उखु खेती गरिदै आएको यस ठाउँमा केही परिमार्जन गर्दै उखु पकेट क्षेत्र कार्यक्रम अन्र्तगत यो वर्ष देखी व्यवसायीक रुपमा उखु खेती शूरु गरिएको हो ।

यो कार्यक्रम अन्र्तगत सरकारबाट प्राप्त १२ लाख र स्थानियको ३ लाख सहित जम्मा १५ लाखमा यो खेती शूरु गरिएको गाउँपालिका अध्यक्ष कुमारजङ याखाले जानकारी दिनुभयो । सरकारबाट प्राप्त १२ लाख मार्फत उखु खेतीका किसानहरुलाई २० एचपी पावर टिलर,उखु सावर स्प्रे (मल लगाउने) ईस्वी ईजरायल टेक्नोलोजीको मल,तालिम, प्रशिक्षण प्रदान तथा माटो परिक्षण गरिएको छ ।

उखु पकेट क्षेत्र विकास कार्यक्रमका अध्यक्ष ज्ञान वहादुर लिम्वुले स्थानिय सरकार सँग सहकार्य गरी ईजरायलका कृषी विशेषज्ञ ल्याएर किसानहरुलाई थप तालिम प्रदान गरिने वताउनुभयो । यो कार्यक्रमले माटोको सुधार गर्दै अर्गानिक खेती तर्फ अग्रसर हुने किसानहरुको लक्ष छ । यहाँ ५० घर किसानले ६ सय हेक्टर क्षेत्रफलमा उखु खेती गरेर यसअघि ५ करोड सम्म आम्दानी लिदै आएकोमा अब उत्पादन वढाई १० करोड सम्म आर्थिक आम्दानी लिने लक्ष्य रहेको अध्यक्ष लिम्वुले वताउनुभयो ।

उखु उत्पादन बढेपछि गाउँपालिकाले प्रशोधनको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष याखाको भनाई छ । उखु खेतीको गाउँपालिका अध्यक्ष सहित विगठित प्रतिनीधिसभा सदस्य राजेन्द्र राई,गाउँपालिका प्रवक्ता वालकृष्ण राई,नेकपा एमाले गाउँ कमिटी सहईञ्चार्ज निर्मला ईवाहाङ गाउँपालिकाका प्रशासन शाखाका दोर्ण राई लगायतले हालै अनुगमन गरेका छन् ।

अनुगमनपछि उनिहरुले यो खेती व्यवस्थापनका लागि थप आवश्यक सहयोग गर्ने वताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।