एमाले एकता प्रयास : नेताहरू उत्साहित, प्रगति भने शुन्य

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन । दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन।

२०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा विश्वास गर्न नसकिने भनाइ नेपालबाट आएपछि कार्यदलको बैठकसमेत प्रभावित भएको हो।

बैठक बस्न साँझ सिंहदरबारमा कार्यदल सदस्य भेला भए पनि कुनै छलफल भएन। ओली पक्षका विष्णु पौडेल उपस्थित नभएपछि शुक्रबार ११ बजे बैठक बस्ने भन्दै कार्यदलका अरू सदस्य बाहिरिएका थिए।

पौडेलको अनुपस्थितिले कतै ओली फेरि जालझेलमा लागे कि भन्ने शंका उत्पन्न भएको नेपाल समूहका एक नेताले बताए। ओलीको ध्यान सर्वोच्च अदालतमा परेको रिटमा गरिएको हस्ताक्षर फिर्ता गराउनेतर्फ केन्द्रित हुँदा समस्या उत्पन्न भएको उनको बुझाइ छ।

बिहीबार साँझ नेताहरू निकै उत्साहका साथ कार्यदलको बैठकमा भाग लिन सिंहदरबार पुगेका थिए। ओली पक्षका सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली र विष्णु रिमालका साथै नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी हुन पुगेका थिए। एकै छिनमा कार्यदलको बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित भएको बताएर नेम्बाङ बैठकस्थलबाट निस्केका थिए।

बैठकस्थलबाट बाहिरिने क्रममा नेपाल पक्षका नेता भुसालले १० दिनअघि तय गरेका अजेन्डामै विवाद अड्किएको बताए। यसले विवाद मिल्ने दिशातर्फ भनी मंगलबार र बुधबार गरिएको दाबीको समेत खण्डन गरेको छ।

नेता नेपालले सम्मानजनक सहकार्य र सहमति खोजिरहेका छन्। उनले निर्वाचन आयोगलगायत संवैधानिक निकायमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने प्रस्ताव गरेका छन्। सो विषयमा ओलीले सहमति जनाउन सकेका छैनन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।