ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहमतिनजिक ;अदालतलाई प्रभाव पार्ने भाषा प्रयोग नहुने

नेकपा एमालेको आन्तरिक वि,वाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदले गरेका हस्ताक्षर फिर्ता नलिने समझदारीसहित निसर्त २०७५ जेठ २ अगाडिको पार्टी संरचना ब्यूँताउने सहमति भएको छ।

‘मुख्य विषयमा सहमति भएको छ, त्यो भनेको अदालतमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने, अदालतलाई प्रभावित पार्नेगरी कुनैपनि भाषा प्रयोग नहुने तथा निसर्त २०७५ जेठ २ को कमिटी पुनर्स्थापना नै हो ।

यसमा हामी कार्यदलमा रहेका सबै सहमत भएका छौं । अन्य विषयमा यसअघि नै सहमति भइरहेको छ’, कार्यदलका एक सदस्यले भने।

उनका अनुसार विधान संशोधनलगायतका विषयमा पनि सहमति भएको खबर नागरिक दैनिकमा छापिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।