धार्मिक पर्यटकीय क्षेत्र बन्दै सन्तानेश्वर मन्दिर

राँझा, ३ साउनबाँकेको राप्ती नदीपारि नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको छ । नेपालगञ्जदेखि करिब ३० किलोमिटर जति टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर पहाडी जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि सन्तानेश्वर मन्दिर पुगिने नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले बताउनुभयो ।

सन्तानेश्वर मन्दिरमा प्रत्येक शनिबार नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्ने गरेको छ । शनिबारमात्रै करिब पाँच हजार भक्तजन मन्दिरमा दर्शनका लागि पुगेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ ।

पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन । अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । शहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकाले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्य अवलोकन र पैदलयात्राको लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् ।

अन्य दिनभन्दा शनिबार धेरै भीडभाड हुने गरेको छ । शनिबार साथीसँगको समूहमा सन्तानेश्वर मन्दिर दर्शन गर्न पुग्नुभएकी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी आकृति रानाले जीवनमै अहिलेसम्मको रमाइलो र स्मरणीय भ्रमण भएको बताउनुभयो । जङ्गलको बीचमा कच्ची बाटोमा पहाडको उकालो ओरोलो यात्रा गर्नुपर्ने भए पनि मनोरम दृश्य र साथीहरुसँगको समूहमा सजिलै सन्तानेश्वर मन्दिर पुगिएको उहाँको भनाइ छ ।

नरैनापुर–५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिर अहिले जिल्लाभरि चर्चामा रहेको छ । मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी पहाडी बाबाले विसं १९३५ मै यो ठाउँमा झण्डा गाडिएको बताउनुभयो । मटेहियाका यादव थरका व्यक्तिले त्यहाँ झण्डा गाडेका थिए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाको दिन भण्डारा (निःशुल्क खाना) गर्छन् । विसं २०७० मा यहाँ मन्दिर बनाइएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन्तानेश्वर मन्दिरमा शिवरात्रि, तीजमा विशेष भीडभाड हुने गर्दछ । मन्दिरमा पुगेर चोखो मनले सन्तान मागेपछि सन्तान मिल्छ भन्ने विश्वास रहेको छ । मन्दिरमा सोलार बत्ती र पानीको व्यवस्था तत्काल गर्ने र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।