यी १० जिल्लामा उच्च संक्रमणले अझै ५०० बढी सक्रिय संक्रमित, तेस्रो लहरको डर !

सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचक्र्याइँ नगर्न आग्रह समेत गरेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो ।

अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । सभा सम्मेलनसमेत शुरू हुन थालेका छन् ।

विगत १ हप्तायता संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ ।

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रूपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको छ । २०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शय्या र अक्सिजन चुस्तदुरुस्त राख्न आग्रह गरिएको छ।

दैनिक २ हजार ५३१ जना संक्रमित थपिने गरेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो १ हप्तालाई आधार मान्दा दैनिक २ हजार ५३१ संक्रमित थपिने गरेका हुन् । १ हप्ताको अवधिमा १७ हजार ७१७ संक्रमित थपिएका हुन् ।

गत शुक्रवार २ हजार ९३६, शनिवार १ हजार ८७५, आइतवार १ हजार ८०१, सोमवार २ हजार ४४५, मंगलवार ३ हजार १०८, बुधवार २ हजार ८३८ संक्रमित थपिएका छन् ।

बिहीवार देशभर थप २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरी ९ हजार १२२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७४ हजार ७२६ र एन्टिजेन परीक्षणबाट ५३ हजार ४४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म देशभर ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३०१ जना क्वारेन्टाइनमा रहेका छन् । राजधानी दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।