माओवादी का चार नेता पुनार्वहाली को माग गर्दै अदालत मा

काठमाडौं , नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

गत २६ चैतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पत्रका आधारमा संसद् सचिवालयले आफूहरूलाई सांसद् पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद् पदमा पुनर्बहालीको माग गर्दै अदालत गएका हुन्।

आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले २३ असारमा दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् । पूर्वमाओवादीका चार जनाले दायर गरेको रिटको पेसी १४ साउन अर्थात् आजका लागि तोकिएको छ ।

उता, सांसदको पुनर्वहालीको माग गर्दै दायर रिटमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफू एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको दाबी गरेका छन् । एमाले पार्टीको सदस्यता नलिएको समेत उनले दाबी गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।