डीडीसीले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू त्यसको तयारीमा लागेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए ।

हाल नेपाल वायु सेवा निगमद्वारा सञ्चालित जहाजहरूमा विदेशी उत्पादित दुग्धजन्य पदार्थ अन्य खानेकुरा बिक्री वितरण भइरहेको छ ।

डीडीसीले आफ्नो दुग्धजन्य पदार्थ खरिद गर्न आग्रह गरेपछि निगमले खरिद गर्ने प्रतिबद्धता जनाएको छ । त्यसको प्याकेजिङका लागि डीडीसीले मेसिन खरिद गर्ने सूचना प्रकाशित गरेको छ । मेसिन खरिद भइसकेपछि निगमसँग सम्झौता गरी उत्पादन बेच्ने उनले बताए ।

उनले भने, “अहिले सम्झौता भएको छैन । हामीले मेसिन ल्याएर उत्पादन सुरु गरेपछि दुई पक्षबीच सम्झौता हुन्छ । त्यसपछि मागबमोजिम हामीले दुग्धजन्य पदार्थ दिनेछौँ । ”

निगमलाई दिन आठदेखि १० ग्रामको बटरको प्याक र ५० एमएल दहीको बट्टा बनाउने तयारी डीडीसीको रहेको छ । ती जहाजमा वार्षिक छ लाखदेखि आठ लाखसम्म खपत हुने बताइएको छ । वार्षिक एकदेखि डेढ अर्बको कारोबार हुने अनुमान आफूहरूले गरेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।