यस्तो अपत्यारिलो काम झापाका एक किसानले पालेका हाँसले गरिरहेका छन्

मान्छेले खेतमा गर्ने काम हाँसले गर्छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । यस्तै अपत्यारिलो काम झापाका एक किसानले पालेका हाँसले गरिरहेका छन् । ती हाँस धान गोड्न प्रयोग भएका छन् ।

गौरादह नगरपालिका–७ का धनञ्जय चुडालको खेतमा पालिएका आठ सयवटा स्थानीय जातका हाँसले धान गोड्दै आएका हुन् । नेपालमा पहिलो पटक निजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्यान्न बैङ्क लिमिटेडको लगानीमा परीक्षणस्वरूप धान गोड्न खेतीमा हाँस छोडिएको हो ।

उक्त बैङ्कका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले यस वर्ष आफूहरूको पनि परीक्षणको वर्ष हो भन्दै नेपालमा पहिलो पटक जापानी राइस डग फार्मिङ प्रविधिको प्रयोग गरेर धान खेतीमा लगाइएको बताए । उनका अनुसार धानमा लाग्ने रोग, कीरा नियन्त्रण गरी उत्पादकत्व बढाउने गर्ने उद्देश्यले खेतमा हाँसलाई धान गोड्ने खेतालाका रूपमा प्रयोग गरिएको हो । जसले गर्दा मानिसले धान गोडिरहनु पर्दैन । यस्तो कृषि विधि जापानमा सबैभन्दा बढी प्रयोग गरिन्छ ।

यसले अन्य अवस्थाभन्दा २० प्रतिशत उत्पादन वृद्धि हुने जनाइएको छ । हरियो फिरेको रोपोको पानीमा चरिरहेका हाँसले आफ्नो चारो खोज्ने क्रममा धानका गाँजालाई गोड्छन् ।

यसरी धान खेतमा हाँसले चुच्चो र खुट्टाले पनि माटो चलाउने गर्दछन् । माटो निरन्तर चलाएपछि धानलाई गोडमेल पुगेर बढ्न आवश्यक मद्दत पुग्ने गर्दछ । त्यसो गर्दा अन्य झारपातसमेत उम्रन पाउँदैनन् । कीरा, फट्याङ्ग्रा सबै हाँसले खाने हुनाले हाँसलाई पनि आहारा पुग्छ र धानको रोग नियन्त्रण हुने अध्यक्ष उप्रेती जानकारी दिए । गोरखापत्रमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖