यसै बर्ष जनगणना सक्ने येस्तो छ तयारी

सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ ।

यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो।

कोरोनाको संक्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि जनगणनाको सबै काम स्थगित गरेको थियो ।

अहिले पनि कोरोना संक्रमण दर बढ्दै गएकाले यस वर्ष फागुनदेखि चैतभित्र जनगणनाको काम सम्पन्न गर्न सकिने अनौपचारिक छलफल भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले आगामी चैतसम्ममा सबै नेपालीले खोप लगाइसक्ने र सोही समयभित्र जनगणनाका काम पनि सम्पन्न गर्ने गरी अहिले अनौपचारिक छलफल भएको बताए ।

उनले भने, ‘गणकहरूले घर घरमा पुगेर तथ्यांक संकलन गर्नुपर्ने भएकाले कोरोनाको वृद्धि दरमा कमी नआएसम्म जनगणनाको काम सम्पन्न गर्न कठिन हुन्छ ।’

यस वर्षभित्र जनगणना सम्पन्न गर्न नसके सरकारलाई वास्तविक तथ्यांकको अभावमा नीति र योजना बनाइ कार्यान्वयन गर्नमा समस्या हुनेछ । उनले यसले समग्र पक्षमा प्रभाव पार्ने भएकाले ढिलोमा यस वर्षभित्रै जनगणना गरिसक्नुपर्ने बताए ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा जनगणनाको बाँकी काम सम्पन्न गर्ने गरी १ अर्ब ६० करोड रुपियाँ बजेटमार्फत विनियोजन गरिसकेको छ । विभागले सम्भव भएसम्म यसअघि जनगणनाका काम जहाँबाट रोकिएको थियो सोही स्थानबाट बाँकी काम गर्ने जनाएको छ।

यस वर्ष हुने जनगणनाका लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ । यसबीचमा विभागले ७७ जिल्ला तथा ७ वटै प्रदेशमा कार्यालय सञ्चालनमा ल्याइसकिएको, जनगणनाका लागि ८ हजार जना सुपरीवेक्षक छनोट भइसकेका छन् ।

तिनै सुपरिवेक्षकबाट जनगणनाको काम गर्ने र उनीहरू नआए वैकल्पिक सूचिमा भएका सुपरिवेक्षकलाई छनोट गरेर जनगणनाको काम गर्ने विभागले जनाएको छ । ३९ हजार जना गणक छनोट हुने प्रक्रियामा छन् ।

विभागले राष्ट्रिय प्रशिक्षक सहजकर्ता, प्रदेश तथा जिल्ला जनगणना अधिकारीको तालिम, प्रदेशस्तरीय मुख्य प्रशिक्षक, स्थानीय जनगणना अधिकारीको तालिम सञ्चालन गरिसकेको छ । देशैभर भइरहेको सुपरिवेक्षकको तालिम सञ्चालन भइरहेको समयमा कोरोनाको संक्रमणका कारण वैशाख २० गतेदेखि जनगणनाका सबै काम तत्कालका लागि स्थगित गरिएको थियो ।

नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा पहिलो पटक १९६८ सालमा जनगणना गरिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।