गाईजात्रामा घिन्ताङघिसी एवं सांस्कृतिक प्रदर्शनी नगरी औपचारिकतामा मात्रै सीमित गरी मनाइने

भक्तपुर, ३० साउन,यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ ।

भक्तपुर नगरपालिलकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना म,हामारीको जो,खिम कायमै रहेकाले नगरपालिकाले जनैपूर्णिमामा भीडभाड गरेर मेला भर्न र गाईजात्रामा घिन्ताङघिसी एवं सांस्कृतिक प्रदर्शनी नगरी औपचारिकतामा मात्रै सीमित गर्न आफ्ना नागरिकमा अनुरोध गरेको छौँ ।”

कोभिडलाई हेलचेक्य्राइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्छ भन्दै उहाँले भीडभाड जम्मा हुने जात्रा, पर्वले सङ्क्रमण फैलिने खतरा रहने भएकाले जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।

भेलामा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु तथा सांस्कृतिक समूहका प्रतिनिधिले कोरोना सङ्क्रमणको जो,खिम यथावत रहेको हुँदा यस वर्षको गाईजात्रालाई गत वर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाइ र क्लोरिन छर्कनुपर्ने, भीड जम्मा हुने खालका कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, कोभिडबारे जनतालाई सचेत गर्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नुपर्नेलगायतका सुझाव दिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।