कतार जान लागेका ३४ युवा यसरी अलपत्र परेपछी

कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् ।

दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अलपत्र परेका हुन् ।

दूतावासले प्रमाणिकरण गरिदिएपछि विनामाई म्यानपावरलाई नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु गरी छनोट भएका श्रमिकको सूची समेत रोजगारदातालाई पठाएको थियो ।

दूतावासले प्रमाणिकरण गरेको मागपत्रका आधारमा विनामाई म्यानपावरले २६ मार्च २०२१ का वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

प्रक्रिया अनुसार दक्ष जनशक्ति छनोट गरी ३४ जना नेपाली युवाको सूची रोजगारदाता ट्रकोइज कम्पनीलाई सूची पठाएपनि पछि एकाएक पहिलो म्यानपावरको मागपत्र रद्द गर्ने रोजगारदातालाई हालसम्म कारवाही गरिएको छैन । कारोबार दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।