तरकारीको मूल्य २ सय ४० प्रतिशतसम्म घट्यो

काठमाडौँ । हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो ।

गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतले घटेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँ किलोमा विक्री भइरहेको घिरौंलाको मूल्यमा पनि करीब २ सय प्रतिशतले गिरावट आउँदै प्रतिकिलो २५ रुपैयाँमा विक्री भइरहेको छ ।

यसरी मूल्य घट्ने तरकारीमा तनेबोडी, भिन्डी, लौका, चिचिन्डो, सेतोमुला, स्कुस पनि रहेका छन् । यस अवधिमा तनेबोडीको मूल्य करीब १ सय १५ प्रतिशतले घटेर प्रतिकिलो ७५ रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ । याे खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।