के प्रचण्ड नै हुन त एमाले विभाजन को मुख्य कारण ?

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाएको आरोप लगाएका छन् । लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले तत्कालीन नेकपाभित्रको राजनीतिक संकट निम्त्याउने पात्र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नै भएको आरोपसमेत लगाएका छन् ।

‘नेकपादेखि अहिलेको राजनीतिक घटनाको पृष्ठभूमि प्रचण्ड र उनलाई साथ दिनेहरू हुन्,’ उनले भने, ‘प्रचण्डको अस्थिर चरित्र नै राजनीतिक रूपमा विभाजनको मूल कारक हो । आन्दोलनकारी, अभियान्ताजस्तो देखिनुभयो प्रचण्डजी, त्यसैले माओवादी आन्दोलनका पुराना नेताहरू पाखा लाग्नुभएको रहेछ ।’ नेकपा एकतामा समेत प्रचण्ड इमान्दार नदेखिएको बताउँदै उनले ओलीलाई ‘एकताविरोधी’ बनाउन खोजिएको उल्लेख गरे ।

अध्यादेश ल्याएर एमाले विभाजन गराउने खेलमा समेत प्रचण्ड लागेको नेता पोखरेलको आरोप छ । पोखरेलले माधव नेपालकै कारण पार्टी फुटेको ठोकुवासमेत गरेका छन् । नेपालले एमालेलाई १५ वर्षसम्म ‘एकल नेतृत्व गरेको’ बताउँदै उनले ‘त्यस्तो नेताले अध्यक्ष हुन खोजेपछि नै समस्या सिर्जना भएको’ आरोप लगाए ।

प्रचण्डसँग मिलेर नेपालले ओलीलाई राजनीतिक रूपमा विस्थापन गर्न खोज्नु नै कम्युनिस्ट आन्दोलनको दुर्भाग्य भएको टिप्पणी उनको छ । राजधानी दैनिकमा खबर छ

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖