त्रि.वि को सम्बन्धन प्राप्त क्याम्पस को संख्या हाल घट्दो

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ ।

त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् ।

त्रिविका योजना निर्देशनालय प्रमुख निर्देशक डा. ऋदिश पोखरेलले लामो समयको प्रयासपछि २५ सामुदायिक क्याम्पसहरु दुई विश्वविद्यालयमा गाभिएको बताए । उनले अन्य विश्वविद्यालयमा गाभिएका यी २५ वटा क्याम्पसको सम्बन्धन त्रिविले खारेज गरेको बताए । उनले भने– ‘केही समयसम्म विद्यार्थीले त्रिविको सम्बन्धन नछाड्ने अडान लिएका थिए । उनीहरूको शैक्षिकसत्र त्रिविबाटै पूरा भएपछि दुई विश्वविद्यालयले ती क्याम्पसकोे जिम्मा लिएको हो ।’

उहाँका अनुसार सबैभन्दा कान्छो कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा परिचय बनाएको छ । दुई विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पस अब आंगिक हुनेछन् । सामुदायिक क्याम्पसको नाममा त्रिविबाट सम्बन्धन लिएर सञ्चालनमा आएका क्याम्पस अर्को विश्वविद्यालयमा गाभिएपछि ती क्याम्पस आंगिक भएका हुन् । अब शिक्षक, कर्मचारीलगायत सबै संरचना गाभिएका विश्वविद्यालयकै हुनेछ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।