संकटमा प्रदेश १ सरकार

विराटनगर, भदौ ६ । नेकपा एमालेमा फुटसँगै प्रदेश १ को सरकार संकटमा परेको छ। प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ। एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्।

प्रदेशसभा १ मा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार ढल्ने निश्चित भएपछि केही दिन भए पनि सत्तामा रहन र कागजात मिलाएर भ्रष्टाचार ढाकछोप गर्न सरकारले हतारहतार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको बताएका छन्।

उनले प्रदेश १ मा दसैंअघि नै नयाँ सरकार गठन हुने ठोकुवा गरेका छन्। उनले भने, ‘मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अब, धेरै दिन नटिक्ने निश्चित भएकाले दसैंअघि नै नयाँ सरकार गठन हुन्छ।’

प्रमुख सचेतक कार्कीले प्रदेश १ मा संघमा जस्तै गठबन्धन दलहरूकै सरकार बन्ने दाबी गरे। उनले भने, ‘एमालेको सरकार ढलेपछि नयाँ सरकार कांग्रेससहितको गठबन्धनको बन्नेछ। ’

एमालेका नेताहरू भने तत्काल सरकार ढल्ने अवस्था नरहेको दाबी गर्छन्। प्रदेशसभा १ एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तत्काल सरकार ढल्ने अवस्था नरहेको बताए। एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा प्रदेश १ का पाँचजना सांसद पनि जाने अवस्था नरहेकाले तत्कालै प्रदेश १ को सरकार ढल्ने अवस्था नरहेको उनको भनाइ छ।

तर, एमालेका पाँचजना मात्रै सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे भने पनि सरकार संकटमा पर्ने उनले बताए। राजभण्डारीले भने, ‘पार्टीमा सांसद तानातान भइरहेकाले कति सांसद कता लाग्छन् भन्ने निश्चित नभईकन सरकार रहन्छ वा रहँदैन भन्न सकिने अवस्था छैन। ’ यतिबेला धेरै सांसदलाई आफ्नो पक्षमा पार्न एमाले र नेकपा एकीकृत समाजवादीकाका नेताहरू सक्रिय छन्। -नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।