आज गाईजात्रा पर्व मनाइँदै, देशभरीका नेवार समुदायलाई बिदा

काठमाडौं- भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ। विशेषगरी काठमाडौं उपत्कामा यो पर्व हर्षोत्सासपूर्वक मनाइन्छ।

गाईजात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकासँगै देशभरका नेवार समुदायलाई बिदा दिएको छ। विषेश गरेर काठमाडौं, भक्तपुर, पाटनसहित विषेश गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाइजात्रा पर्व मनाइन्छ।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्राको आज मुख्य दिन हो।

गाईजात्रामा वितेको एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरिन्छ। उनीहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगरमा परिक्रमा गराउने परंपरा छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृ’त्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउनु’ भन्ने आदेश दिएका आधारमा यो पर्व सुरु भएको मानिन्छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउन प्रतापमल्लले आदेश दिएका इतिहासविद्को भनाई छ। सोही आधारमा गाईजात्रामा हास्यव्यङ्ग्यको चलन चलेको मान्यता छ।

यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले भिडभाड नगरी जात्रा र पर्वहरु मनाउन सरकारले नागरिकलाई आग्रह गरेको छ।

काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका ठाउँमा विशेष धुमधामसहित गाईजात्रा पर्व मनाइन्छ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति विसंगतिविरुद्ध कलाकारले व्यंग्यात्मक कार्यक्रम गर्ने क्रम बढ्दै गएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।