सांस्कृतिक गतिविधि पुनःस्थापित गरी यसका वैज्ञानिक पक्ष जनसमक्ष लैजाने उद्देश्यले विश्व ॐकार एकता महाअभियान सुरु

काठमाडौँ, १४ । धार्मिक, सांस्कृतिक सङ्घसंस्थालाई एकाकार गर्दै विश्व ॐकार एकता महाअभियान सुरु भएको छ ।

नेपाल सन्त समाजको संरक्षण र विश्व हिन्दू महासङ्घको अभिभावकत्वमा साउनमा देवघाटबाट शुरु भएको महाअभियानले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र स्थापनाको विषयलाई मुख्य मुद्दा बनाएको छ । समाजमा ह्रास हुँदै गएको धार्मिक, सांस्कृतिक गतिविधि पुनःस्थापित गरी यसका वैज्ञानिक पक्ष जनसमक्ष लैजाने उद्देश्यले महाअभियान शुरु गरिएको मुख्य अभियानकर्मी डा चिन्तामणि योगीले बताउनुभयो ।

महाअभियानले आज दक्षिणकाली नगरपालिका–१ ब्रह्मानन्द सरस्वती ग्राममा आयोजना गरेको प्रार्थना सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संस्कार र संस्कृति जोगाउन महाअभियान शुरु गर्नुपरेको बताउनुभयो । पूर्वस्वास्थ्य राज्यमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले धर्म र संस्कृति, राजनीतिभन्दा पनि ठूलो भएकाले आफू संस्थागतरुपमा यो अभियानमा सहभागी भएको जानकारी गराउनुभयो ।

पूर्वगृहराज्यमन्त्री एवं नेपाल महर्षी वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वैदिक सनातन हिन्दूराष्ट्र बनाउने वातावरणका लागि जनतामा चेतना जगाउनुपर्नेमा जोड दिनुभयो । जनतामा चेतना जागृत गराउन फाउन्डेसनले विश्व शान्ति र राष्ट्र शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेक एवं हवन गरिरहेको जानकारी दिनुभयो ।

विश्व हिन्दू महासङ्घका उपाध्यक्ष शङ्कर खनालले साउन ४ र ५ गते देवघाटमा सन्तबाट आशीर्वाद लिएर शुरु भएको महाअभियान पशुपतिनाथ, शिखको गुरुद्वारा, जैनभवनजस्ता धार्मिक संस्थामा प्रार्थनासभा गरिसकेको जानकारी दिनुभयो । अब गुम्बा, चैत्य, विहारजस्ता धार्मिक संस्थामा पनि यस्तै सभा गरी ॐकार परिवारलाई एकताको सूत्रमा गाँस्ने महाअभियानको मूल लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, नेपाली काँग्रेसका नेता आनन्द सन्तोषी राईलगायतले आध्यात्मविनाको जीवन सार्थक नहुने भएकाले महाअभियानले नागरिकलाई आध्यात्मसँग जोड्नुपर्ने बताउनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।