एमालेकाे अध्यक्ष बन्ने महत्वाकांक्षामा ईश्वर पोखरेल
काठमाडौँ । एमालेको दसाैँ महाधिवेशनको मिति तोकिएपछि नेताहरू महाधिवेशन केन्द्रित हुन थालेका छन्। उनीहरूले पार्टीमा आफ्नो योगदान र अहिलेको अवस्थाबारे जानकारी दिँदै अप्रत्यक्ष रूपमा महाधिवेशन तयारीमा लागेको संकेत गर्न थालेका छन्। यसैक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षका लागि आफू योग्य रहेको बताएका छन्।
उनले घुमाउरो तरिकाले एमाले अध्यक्ष हुन आफू योग्य रहेको बताएका हुन्। भदौ ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुकूल समयमा पार्टीको नेतृत्व हस्तान्तरण गर्छु भनेको एक साता पनि नबित्दै महासचिव पोखरेलले अध्यक्षमा आकांक्षा व्यक्त गरेका हुन्।
पार्टीमा आएको उतारचढाव र आफ्नो योगदानबारे संक्षिप्त चर्चा गरेका पोखरेलले क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमाले अध्यक्षका लागि आफू योग्य रहेको बताए। ‘व्यक्तिगत ढंगले मेरो इतिहास, मेरो निरन्तरता, मेरो क्षमताले म योग्य छु भनिरहनुपरेन तर देशको परिस्थिति कस्तो हुन्छ ? देशभरिका कार्यकर्ताको चाहना के हुन्छ ?’ सोमबार सञ्चारकर्मीसँग महासचिव पोखरेलले भने। याे खबर नागरिक दैनिकमा छ ।


