आज कुसे औंसी : कुस भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि

सुधा देव/सप्तरी, २२ भदौ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज मंगलबार मनाइँदैछ । आज घरघरमा कुस पनि भित्र्याइँदैछ । सनातन वैदिक हिन्दु धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि कुस आजै घरमा राखेर पूजा गर्छन् । ब्राहृमणहरू कुस पूजा गरेर छेदनसहित जजमानकहाँ पुर्‍याउँछन् ।वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिन्छ ।

आज छोराछोरीले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ पर्वकाे रुपमा पनि लिइन्छ ।

तराई मधेसमा पुरुषहरूले वर्षभरिका लागि पुग्ने कुस भित्र्याउँछन्। आज घरमूली बुवा, दाजु लगायतले बिहानै उठेर नहर, पोखरीको छेउ, खेत वा कुस पाइने ठाउँमा जान्छन् । र, कुस भित्र्याउँछन्।

हिन्दु धर्ममा बिवाह, व्रतबन्धलगायत शुभकार्य वा मृत्यु संस्कारमा कुसको आवश्यकता हुने भएकाले कुस भित्र्याउने प्रचलन रहेको सप्तरीकाे विष्णुपुर गाउँपालिकाका स्थानीय विजय देवले बताए ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖