देउवा लाई गठबन्धन का नेता हरु को जवाफ
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष दलहरूसँग मन्त्रिपरिषद् विस्तार गर्न ढिला भइसकेकाले चाँडै मन्त्री बन्ने सांसदहरूको नामावली दिन आग्रह गरेका छन् ।
सत्तापक्ष दलका शीर्ष नेताहरूबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को पूर्णता दिन सत्ता साझेदार दलहरूलाई यस्तो आग्रह गरेका हुन् । दलहरूले भने पार्टीभित्र छलफल भइरहेको छ भन्दै छिट्टै मन्त्रीहरूको नामावली दिने बताएको छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडलले जानकारी दिइन् ।
बैठकमा संसद्मा भइरहेको अवरोधबारे पनि छलफल भएको थियो । गोरखापत्रमा खबर छ ।


