विद्युतीय कारोबारको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा बढाएको छ । विशेषगरी प्रिपेड कार्ड, वालेटबाट गरिने कारोबारको सीमा बढाइएको हो । राष्ट्र बैंकले मंगलवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ जारी गर्दै विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा बढाएको हो । साथै, विद्युतीय माध्यमबाट गरिने कारोबार सेवा शुल्क पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ ।

अब प्रिपेड कार्डबाट मासिक २ लाख रुपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ । त्यसमा प्रतिकारोबार रू. १० हजार र प्रतिदिन रू. २० हजारको सीमा तोकिएको छ ।

यसअघि प्रतिदिन र प्रतिमहीनाको सीमा नै तोकिएको थिएन । प्रतिकारोबार भने रू. २५ हजार तोकिएको थियो । अहिले यसको माग बढी भएपछि कारोबार सीमालाई स्पष्ट गरिएको राष्ट्र बैंकको भनाइ छ ।

एनएफसी (नियर फिल्ड कम्युनिकेशन टेक्नोलाजी) कन्ट्याक्टलेस कार्डमार्फत गरिने कारोबारको सीमा पनि बढाइएको छ । यसअघि यस्तो प्रविधिमार्फत एकपटक रू. २ हजारसम्म मात्र कारोबार गर्न सकिने व्यवस्था थियो । अब भने एकपटकमा रू. ५ हजारसम्म कारोबार गर्न सकिने निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकले वालेटमार्पmत गरिने कारोबारको सीमा पनि बढाएको छ । अब बैंक खाताबाट वालेटमा एकपटकमा रू. ५० हजारसम्म पैसा जम्मा गर्न सकिनेछ । यस्तै, १ दिनमा रू. १ लाख र महीनामा रू. १० लाखसम्म रकम जम्मा गर्न सकिने निर्देशनमा उल्लेख छ । आर्थिक अभियानमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।