छ दशक कष्ट झेल्ने राष्ट्रवादी नेता

प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व थिए ।

आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा उनले त्यसलाई अस्वीकार गरे । उनको जवाफ थियो, ‘‘यो आन्दोलन म आफैँ प्रधानमन्त्री हुन गरेको होइन ।’’

नेपाली काँग्रेसका कार्यवाहक सभापति नेता कृष्णप्रसाद भट्टराईको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि उनी नेपाली राजनीतिमा त्यागी नेताका रूपमा उदाए ।

इतिहास पुरुषहरूका विचारमा गणेशमान सिंह नामक पुस्तकमा गोविन्दप्रसाद उपाध्यायको स्मरण छ, ‘‘२०४६ को जनआन्दोलन सफल भएपछि गणेशमान नेपालको हिरो हुनुभयो, त्यसैले उहाँलाई सबैले सर्वमान्य भने । उहाँको त्याग, तपस्या, बलिदान र प्रजातान्त्रिक सङ्घर्षका लागि निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका कुनै पनि विश्व स्तरका राजनेताहरूसँग दाँज्न नसकिने उहाँको उचाइ छ।’’

विसं १९७२ कात्तिक २४ गते काठमाडौँमा जन्मनुुभएका सिंहले १९९७ सालमा स्थापित प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भए ।

प्रजा परिषद् नेपालको पहिलो राजनीतिक दल हो ।
गणेशमानसँगै जेलमा बसेका हरिकृष्ण श्रेष्ठले भने, ‘‘एक दिन नरशमशेर आएर गणेशमानलाई निच भाषा प्रयोग गर्दै ‘गणेशमान यो तेरो नरदेवी होइन’ भन्यो ।

गणेशमानको जवाफ थियो, जहाँ गणेशमान हुन्छ, त्यहीँ नरदेवी हो । यो सुन्ने बित्तिकै नरशमशेरले एक मुक्का हान्यो, गणेशमानको मुखबाट रगत बग्न थाल्यो । अनि गणेशमानले चिच्याउँदै ‘मर्द होस् भने आइज, सिक्री खोलेर मैदानमा लड्न तयार छु ।’ गणेशमानको जवाफ सुनेपछि नरशमशेर रातो मुख लगाएर हिँडेका थिए ।’’

गणेशमान सिंहका छोरा एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने, ‘‘गणेशमानजीले जति कोर्रा सायद कसैले खानुु परेन होला, उहाँसँगै जेलमा परेका चार जनालाई वि.सं १९९७ मा राणाहरूले फाँसीको सजाय दिएका थिए ।’’

जेलबाट १२ फिट र २४ फिटका दुुईवटा पर्खाल नाघेर गणेशमान भाग्न सफल भएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।