देउवा सरकार को एक करोड मात्रा खोप ल्याउने तयारि

प्रधानमन्त्री शेरबहादुर देउवाले १ करोड मात्रा खोप आउने सुुनिश्चित भएको बताएका छन् ।

संयुुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसंख्यामध्ये कम्तीमा आधा जनसंख्यालाई १ मात्रा खोप लगाउने जानकारी दिए ।

उनले हालसम्म एकचौथाइ बढीले खोपको पूर्ण मात्रा पाइसकेको प्रस्ट पारे । अबको खोप अभियानका लागि १ करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिए । उनले भने, ‘अबको हाम्रो ध्यान सक्रिय जनसंख्याका रूपमा रहेको १२–१८ वर्ष उमेर समूूहलाई खोप लगाउनेतर्फ केन्द्रित रहेको छ ।’

प्रधानमन्त्री देउवाले नेपालले स्वास्थ्य पूर्वाधारमा सुधार, अक्सिजन र अत्यावश्यक चिकित्सा सामग्रीको आपूर्ति र परीक्षण सुविधाको विस्तारमा केन्द्रित भएको सम्मेलनमा जानकारी गराए । कोभिड महामारीको त्रासदी अहिलेको पुस्ताले सामना गर्नुपरेको औंल्याउँदै उनले पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै सुुविधा विस्तारमा लागेको बताए । कोभिडको जिन सिक्वेसिङ क्षमताको विकासमा पनि नेपाल अघि बढेको बताए ।

कोभिडबाट सुरक्षा प्रदान गर्ने शिक्षा जारी राखिएको भन्दै प्रधानमन्त्री देउवाले नेपाललाई संकटको समयमा सहयोग गर्ने सबै साझेदारलाई धन्यवाद प्रकट गरे ।

विश्व स्वास्थ्य सुरक्षा कोष स्थापनाको समर्थन गर्दै र त्यसको सही परिचालनका लागिसमेत उनले आह्वान गरे । त्यस कोषमा विकसित साझेदारबाट नियमित सहायताका लागि प्रतिबद्धता आवश्यक रहेकोमा प्रधानमन्त्रीले जोड दिए ।

अमेरिकी राष्ट्रपति जोए बाइडेनको अध्यक्षतामा भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले आफ्ना अनुभव तथा दृष्टिकोण आदानप्रदान गरेका थिए । गोरखापत्रमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।