धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउन प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौ, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

जितिया पर्वका अवसरमा आज एक सन्देश दिनहुँदै उहाँले तराई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशष्ठि पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, ‘‘हाम्रा संस्कृति र संस्कारहरुका आ–आफ्नो विशिष्ठ पहिचानका विशेषताहरु छन् । त्यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको जितिया पर्व पनि एक हो । यस पर्वले समस्त आमा र सन्तानबीचको माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउनेमा म विश्वस्त छु ।’’

प्रधानमन्त्री देउवाले संस्कार, संस्कृति, रीतिरिवाज एवं मूल्यमान्यताले जितिया पर्वलगायतका पर्वको विशिष्ठ महत्वलाई आत्मसाथ गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

उहाँले जितिया पर्व मनाउने सबैलाई एकतावद्ध भई हर्सोल्लासपूर्वक मनाउन आग्रहसमेत गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।