स्वामी स्वरूपानन्द-सनातन धर्मले नै मानवकल्याण गर्छ

सिद्धार्थनगर, ५ कात्तिक ।भारतको पञ्जाबमा आयोजित गुरु नानकको ५५० औँ जन्मोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट प्रकाशित रु १०० को सिक्का र पशुपतिनाथका मूलपुजारी गणेश भट्टले प्रदान गर्नुभएको पशुपतिनाथको चन्दन लिएर सनातन संस्कृति समाजका संरक्षक १००८ स्वामी स्वरूपानन्द सरस्वती त्यसतर्फ जानुहुुने भएकोे छ ।

नेपाल सरकारले निस्काशन गरेको रु १०० को सिक्काको एकातिर ‘ॐकार’ र अर्कातिर ‘नेपाल श्रीभवानी’ लेखिएको छ । जनस्तरको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले नेपालीको सन्देश लिएर उहाँ त्यसतर्फ जान लाग्नुभएको उक्त समाजका उपाध्यक्ष धर्मराज बरालले बताउनुभयो ।

बेलहिया नाका हुँदै भारतको पञ्जाबतर्फ प्रस्थान गर्नुभएका स्वरुपानन्दले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “विश्वमा शान्ति कायम गर्न धर्र्म अङ्गीकार गर्नुपर्छ । हामी सनातनीहरु सबैको एकताले नै विश्वमा शान्ति र सद्भाव कायम हुन्छ ।”

धर्म जीवनको उन्नतिका लागि आवश्यक भए पनि पछिल्लो समय धर्मभन्दा धनलाई जोड दिइएकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “संसारमा सबै धर्म मनुष्यले बनाएका हुन् तर हिन्दू धर्म, सनातनी भएको र भगवानले नै सिर्जना गर्नुभएको हो । यसको न आदि छ न अन्त्य नै । यो अनादिसम्म चल्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।