भैरहवामा छठको चहलपहल

मोहम्मद हबिब/भैरहवा, २२ कात्तिक ।तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरु भएको छ । तराई-मधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद गरिन्छ । यी सामग्री किन्न भैरहवाको मुख्यबजार साथै भारतको सुनौली, नौतनवा, फरेनियामा समेत किनमेलका लागि भिड बढेको छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले दुई ठाँउमा विधिवत रूपमा मनाउँदै आएका छन् । ५० वर्ष पहिलेदेखि नेपाली सेनाको कालीभक्ति गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमान मन्दिरस्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ ।

कात्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाइ तथा सजावटका काम भइरहेका छन्, वेदी बनाउने र ठाउँ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन् । सोमबारदेखि सुरु भएको पर्व अन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ ।

छठीमाइका नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रूपन्देही जिल्लाभरका साथै मुख्यतया भैरहवा, धकधई, बेथरी, मर्चवार, बुटवल, गैडहवा र आसपासका क्षेत्रका जलाशयमा धुमधामका साथ मनाउने गर्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ सोमबार देखि सुरु भएको छ । पहिलो दिन सोमबार व्रतालु नुहाई स्वच्छ सात्विक भोजन (खाना) गरेर ब्रत बसिन्छ, जसलाई अरबाइन वा अरबा पनि भनिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖