पाख्रीवास ५ स्थित पाथिभरा मन्दिरमा भोलि विशेष पूजा आराधना गरिदै
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ५ गुरुङ खोप स्थितको पाथिभरा मन्दिरमा भोलि विशेष पूजा आराधना गरिदैछ । मंशिर पूर्णिमाको अवसरमा मन्दिरमा विषेश पूजा आराधनाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

जसका लागि आवश्यक तयारी अन्तिम चरण पुगेको छ । समितिले भक्तजनहरुलाई मन्दिरमा आई पूजा आराधनामा हिभागी हुन आह्वान पनि गरेको छ । व्यवस्थापन समितिका अनुसार बर्षौ अघि आफै उत्पत्ति भएको यस मन्दिरमा प्राय भक्तजन, दशनार्थीहरुले मागेको कुरा पूरा हुने विश्वास गरिन्छ ।
पाख्रीबास मुख्य बजार क्षेत्र भन्दा केहि तल पर्ने यो मन्दिरमा हरेक वर्ष मंशिर पूर्णिमा,उधौलि उभौलीको अवसरमा विशेष पूजा आराधना गरिदै आएको छ । ती समयमा मन्दिरमा दर्शन र पूजा आराधनाका लागि पूर्वका विभिन्न स्थानका दर्शनार्थीहरु आउने गरेका छन् । ताप्लेजुङ पाथिभरा मन्दिर जान केही समस्या भएको खण्डमा यही मन्दिरमा पूजा आराधना गर्दा पनि भाकल पूरा हुने मान्यता समेत रहेको छ ।
आफै उत्पत्ति भएको र भक्तजनको आस्थाको यो धार्मिक स्थल प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । यदि यसको व्यापक प्रचार प्रचार प्रसार, थप विकास र प्रवद्र्धन गर्न सके पाख्रीवासमा धार्मिक पर्यटक भित्र्याउन सकिने र त्यसले पाख्रीवासकै विकासमा सहयोग पुग्ने मन्दिर व्यवस्थापन समितिका सल्लाहकार श्यामप्रकाश राईले वताउनु भयो ।
मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन
काठमाडौँ, २ मङ्सिर (रासस) ःकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ ।यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।
कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जानकारीदिनुभयो ।प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ ।
चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बिडिएस) पनि अध्यापन हुँदै छ । ती दुवै विषयमा २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् ।
एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ । ती विषयमा २०÷२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो ।


