सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले जात्राको रौनक सुरु

डोटी, ३ मङ्सिर ।सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले जात्राको रौनक सुरु भएको छ । यहाँका नौ जिल्लामध्ये विशेषगरी सात पहाडी जिल्लामा विभिन्न देवी–देवताका जाँत अर्थात् जात्रा (मेला) सुरु भएका छन् । ती मेला अर्थात् जात्राका लागि जिल्ला बाहिर तथा कामका लागि छिमेकी मुलुक भारतका विभिन्न सहरमा गएका यहाँका नागरिक अहिले आ–आफ्ना गाउँ फर्किएका छन् । कामका लागि जिल्ला बाहिर गएका नागरिक गाउँ फर्किएका कारण यहाँका गाउँघर रमणीय बनेका शिखर नगरपालिका–२ का शेरबहादुर बोगटीले बताउनुभयो ।ठूला चाड दसैँ, तिहार सकिएसँगै यहाँका पहाडी जिल्लामा जात्राको रौनक छाएको हो । कात्तिक शुक्ल पक्षबाट अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका शक्तिपीठ तथा मन्दिरमा जात्रा सुरु हुने भएकाले जात्राको रौनक छाएको जोरायल गाउँपालिका–५ का स्थानीयवासी तथा पुजारी डिल्लीराज जोशीले जानकारी दिनुभयो।

कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यहाँका विभिन्न शक्तिपीठमा जात्रा लाग्ने गर्दछ । गएको दुई वर्षदेखि कोरोना त्रासका कारण जात्रा हुन सकेका थिएनन् । अहिले सङ्क्रमण कमी भएका कारण जात्रा सुरु हुन थालेको शैलेश्वरीका पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो ।
जात्राका लागि अहिले सुदूरपश्चिमका सबै जिल्लासँगै दर्शनका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने क्रम सुरु भइसकेको छ । यहाँका विभिन्न शक्तिपीठमा लाग्ने जात्रामा दर्शन गर्न अहिले तराईका जिल्लाबाट पहाड आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख महासिंह साउदले जानकारी दिनुभयो ।
डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठूलाकेदार, मसानी, शैलेश्वरी, दिपायल जात, मष्टो, ब्वाराकी जातलगायत मन्दिरमा जात्राको तयारी भइरहेको छ ।

त्यस्तै जिल्लाको जोरायल–५ गड्सेरास्थित मसानी जात, डडेल्धुराको उग्रतारा, भागेश्वरलगायतका अन्य मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । ठूलाकेदार जात्राको दर्शनका लागि पनि सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड, उत्तर प्रदेशलगायतबाट पनि भक्तजन आउने गरेका छन् । उक्त मेला यही मङ्सिर १ गते सम्पन्न भइसकेको छ । राष्ट्रकै सातौँ धामका रूपमा रहेको दार्चुलाको मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा पनि जात्रा लाग्ने भएपछि दार्चुला क्षेत्रमा पनि चहलपहल बढेको बताइएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा थुपै्र धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । वर्षभरिमा यी धार्मिक क्षेत्रमा कम्तीमा पनि दुईपटक मेला तथा जात्रा लाग्ने गर्दछ । सुदूरपश्चिमका पहाडी क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार र यी क्षेत्रमा पूर्वाधारको विकास नहुँदा पर्यटक भित्र्याउन समस्या हँुदै गएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।