४० दिनपछि सर्वोच्च अदालत लयमा

न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ । कात्तिक ८ गतेदेखि रोकिएको न्याय सम्पादन कार्य शुक्रबारदेखि लयमा फर्किएको हो । मङ्सिर १५ गतेदेखि नै नियमित सुनुवाइ प्रारम्भ हुने बताइए पनि सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको विवाद सुरु भएपछि सुनुवाइ पुनः अवरुद्ध भएको थियो । शुक्रबार गोला प्रणालीबाट १२ वटा इजलास गठन भई सुनुवाइ गरिएको छ । सर्तसहित न्यायाधीशहरू इजलास फर्किएका हुन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले शुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ भएको बताउँदै भने, “शुुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ सुरु भएको छ ।

अब नियमित गतिमा अदालत फर्किन्छ ।”यसअघि केही समयदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, मिलापत्र, मुद्दा फिर्ता, तामेली लगायतको सुनुवाइ गरेका थिए । सोबाहेक पूर्वनिर्धारित रहेको नियमित पेसीका मुद्दा सुनुवाइ गरेका थिएनन् । प्रधानन्यायाधीश जबरासँगको विवादका कारण न्यायाधीशहरूले लामो समयदेखि अघोषित रूपमा सुनुवाइ रोकेका थिए । शुक्रबार सर्वोच्चमा १० वटा संयुक्त र दुई एकल इजलास गठन भएका थिए । गठन भएमा सबै इजलास बसेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

चितवनमै आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने
भरतपुर, १८ मङ्सिर । चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नुहुनेछ । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प्रणाली लागू गरिएको छ । जसका लागि यहाँ क्लिक गर्नुहोस् वा चितवन यातायात डट बागमती डट जिओभी डट एनपी मा लगइन गरी आफ्नो विवरण भरेर टोकन लिन सकिने जनाइएको छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिने कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख पौडेलले छिट्टै पुरानो प्रकारका लाइसेन्सको पनि नवीकरण सुरु गर्ने बताउनुभयो । अहिले प्राविधिक समस्याका कारण स्मार्ट लाइसेन्स मात्रै नवीकरण थालिएको उहाँले बताउनुभयो । यस्तै आउँदो तीन÷चार महिनाभित्रमा नयाँ लाइसेन्ससमेत जारी गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । चितवनमा विसंं २०५१ देखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो । त्यतिबेला अस्थायी रुट इजाजत मात्रै दिने गरिएको थियो । सोही बेला सातामा एकदिन मात्रै वीरगञ्जबाट एक जना अधिकृत र एक जना मेकानिकल सुपरभाइजर आएर जाँचपास गर्ने व्यवस्था थियो । विसं २०६२ मा सेवा विस्तार भएर वीरगञ्ज कार्यालयको शाखाको रुपमा स्थापित यस कार्यालयबाट बाटो इजाजत, नियमित जाँचपास, कर जरिवाना, अस्थायी रुट इजाजतसम्बन्धी काम थपिएको थियो । विसं २०७१ साउन ३० गतेबाट स्थायी कर्मचारीको दरबन्दीसहित कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउने प्रयास थालिएको थियो ।

विसं २०७५ देखि सङ्घीयता लागू भएपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर यस कार्यालयलाई अघि बढाइयो । त्यति बेलासम्म सवारी साधनको बिलबुक नवीकरण र कर तिर्ने, रुट इजाजत लिने, पटकेलगायतका सेवा सञ्चालन भएको थियो । विसं २०७७ वैशाख ६ गते सवारी साधन दर्तासमेत विस्तार गर्ने निर्णयबमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधन दर्ताको प्रक्रिया सुरु भएको छ । भदौ ३ गते सवारी चालक अनुमतिपत्रको समेत कार्य गर्ने गरी मन्त्रालयले कार्यादेश दिएको थियो । त्यसपश्चात् यही मङ्सिर ५ गतेबाट सवारी चालक अनुमतिपत्र नवीकरण ट्रायलको रुपमा सुरुआत गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।