आज लिम्बु समुदायले चासोक तङनाम मनाउँदै

तेह्रथुम, ४ पुस /पूर्वी नेपालमा नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीकाे रुपमा पनि लिईन्छ । लिम्बु समुदायको आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम आर्थत (न्वागीपुजा) पनि एक हो । पाकेकाे अन्नबाली प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक पर्व सुरु हुन्छ ।

लिम्बु समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउछन । लगाएको अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाइन्छ ।तेह्रथुम लगायत पूर्वका विभिन्न जिल्लाहरुमा लिम्बु समुदायले विविध कार्यक्रम गरि धुमधामका साथ चासोक तङनाम मनाई रहेका छन् । चासोक तङनाम पछिल्लो समय सामुहिक रुपमा सुख र दु:ख बाँड्ने पर्वको रुपमा मनाउन थालिएको तुलसी तिगेला बताउँछन् ।

पर्वको अवसरमा लिम्बु समुदायको च्याब्रुङ नाच प्रदर्शन तथा छेलो र धनुकाँड हान्नेलगायतका लोपन्मुख खेलसमेत सञ्चालन गरिन्छ ।तागेरा निङवाफुमाङलाई अन्नबाली चढाएर गरिने अनुष्ठान नै चासोक भएको लिम्बु समुदायका अभीयान्ता दिल पाक्साँवा बताउँछन ।

पछिल्लो समय लिम्बु समुदायले आफ्नो भाषा, लिपी र संस्कृतिकाे संरक्षणमा चासो दिन थालेको पाइन्छ । पर्वहरुले सबै नागरिकहरुलाई एउटै मालामा उन्न प्रेरित गराउन सक्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाल बताउँछन् ।पूर्वी नेपाललगायत देश भित्र र बाहिर रहेका लिम्बुहरुले चासोक तङनामलाई हर्ष उस्लासका साथ मनाउन थालेका छन । याे पर्वकाे अवसरमा सरकारले स्थानीय बिदा दिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।