युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले सामुदायिकमा जाने प्रस्ताव

काठमाडौं, पुस १५। मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् ।नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनमा बुधबार कम्तीमा केन्द्रीय सदस्यहरूका लागि यो नियम लागू हुनुपर्ने माग गरे । पार्टीलाई गाउँ फर्काउने र जनमुखी बनाउने, सशस्त्र द्वन्द्वबाट आएको विरासत कायम राख्ने र अरू सबै राजनीतिक दलभन्दा भिन्न बन्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डलाई कार्यकर्ताको यो माग ‘भालुको कन्पट’ भएको छ । युलेन्स स्कुलमा स्व प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा कक्षा २ मा पढ्छन् । नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

यो पनि पढ्नुहोस्…विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन रोकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ११ पुसदेखि पठनपाठन गर्न निर्देशन दिए पनि कलेजले दुई दिन पढाएर शुल्क नबुझाएको भन्दै बुधबारदेखि पढाइ रोकेको हो ।एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीका अनुसार ११ पुसबाट कक्षा सुरु भए पनि १२ र १३ पुसमा सेक्युरिटी गार्ड राखेर पठनपाठन गराइएको थियो । तर, १४ पुसबाट पढाइ नै रोकियो ।

अतिरिक्त शुल्क बुझाउनेको पढाइ भने जारी नै रहेको छ । कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृतिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई कलेजको माथिल्लो भवनको छुट्टै कक्षामा लगेर पढाइ भइरहेको ती विद्यार्थीले सुनाए ।नोबेलमा एबीबीएसमा भर्ना भएका विद्यार्थी र अभिभावक ५ पुसदेखि आन्दोलनमा छन् । कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ सामाजिक विकासमन्त्री, आन्तरिक मामिलिा तथा कानुनमन्त्रीदेखि जिल्ला प्रशासन कार्यालयसम्म ज्ञापन पत्र बुझाइसकेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ६ पुसमा कलेज प्रशासन तथा अभिभावकलाई राखेर छलफल गरेका थिए । दाहालले नोबेललाई एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र ११ पुसदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएका थिए । छलफलमा कलेजका संचालक डा।सुनिल शर्मा र प्रजिअ दाहालबीच चर्काचर्की नै परेको थियो ।आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । होस्टलमा अनिवार्य बस्नु पर्ने, होस्टलको शुल्क मासिक १२ हजारका दरले एकमुष्ट दिनुपर्ने कलेज प्रशासनको माग छ ।कलेजका प्रिन्सिपल डा. रामहरी घिमिरे र कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालसँग सम्पर्कको प्रयास गरिए पनि उनीहरु सम्पर्कमा आउन चाहेनन् ।प्रजिअ दाहालले कलेजले अतिरिक्त शुल्क लिएको बीलसहित उजुरी लिएर आए कलेज सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्ने चेतावनी दिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।