राष्ट्रिय सभामा एमालेको आठ सिट गुम्न सक्ने

काठमाडौं, पुस १७ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गएको छ। तर पाँच दलीय गठबन्धनबीच भागण्डा मिलाएर उम्मेदवारी दिने सहमति भए पनि यसबीचमा गठबन्धनमा छलफल भएको छैन।आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदको मतदानका लागि पुस २० गते मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ। राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धनबीच कसरी जाने भन्ने विषयमा अझै छलफल नभए पनि एमालेको खाली हुने आठ सीटमा भागबन्डा हुने स्रोतले बताएको छ।स्रोतका अनुसार काँग्रेस र माओवादी, नेकपा एकीकृत समाजवादी पार्टी र जसपा राष्ट्रिय सभाको सिटमा भागबन्डा मिलाउँदा अहिले रिक्त रहेका स्थानमा आ–आफ्नै दाबी कायम हुने छ भने बाँकी रहेको सिटमा भागबन्डा हुने भएको हो।

भागबन्डा गर्दा आ–आफ्नो पार्टीको मतभारलाई हेरेर मिलाउने तयारी गरिएको स्रोतले बतायो। खाली हुने २० सांसदमध्ये १९ सांसदका लागि मात्रै मतदान हुने छ। एक सांसद मनोनित भएकाले सो रिक्त ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ।एमालेबाट आठजना, माओवादी केन्द्र र नेकपा (एस) पार्टीबाट चार÷चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसदको आगामी फागुन २१ गतेसम्म पद रहने छ।

चारबर्षे कार्यकाल फागुन २१ गते सकिने सांसदमा नेकपा एमालेका सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, आगमनप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, नैनकला ओझा, रामलखन चमार, माओवादी केन्द्रका दिननाथ शर्मा, राष्ट्रिय सभा उपाध्यक्ष समेत रहेकी शशिकला दाहाल, खिमबहादुर विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, कांग्रेसका राधेश्याम अधिकारी, तारादेवी भट्ट, दृगनारायण पाण्डेय, नेकपा ९एस० पार्टीका ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर र राष्ट्रपतिबाट मनोनित रामनारायण विडारी, रहेका छन्।राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खड्काको स्थानमा गत जेठ १७ गते भएको उपनिर्वाचनबाट दृगनारायण पाण्डेय निर्वाचित भएकोमा उनको कार्यकाल पनि फागुन २० सम्म मात्रै कायम हुनेछ।

गठबन्धनका कारण एमालेलाई पहिलेका ८ वटा सिट नै जोगाउन चुनौती रहेको देखिन्छ। सबै प्रदेशको मतभार हेर्दा प्रदेश १ मा मात्र एमालेको जीत हुने देखिन्छ भने अन्य ठाउँमा एमालेका सबै सिट गुम्ने अवस्था छ। प्रदेश १ मा पनि गठबन्धनले साना दलसँग मिल्ने रणनीति बनाए एमालेको सिट गुम्ने देखिएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) पार्टीले कसरी जाने भनेर केही दिनभित्र छलफलमा बस्ने तयारी गरेका छन्। नागरिक दैनिकबाट

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।