क्षेत्रिय अधिवेशनमा भाग लिएका प्रतिष्पर्धीहरुलाई समेटेर अघि बढ्ने निर्णय

धनकुटा । नेपाली कांग्रेस धनकुटा प्रदेश सभा (ख) क्षेत्रिय कार्य समितिको पहिलो बैठकले पार्टीको १४ औं महाधिवेशन अन्र्तगत भएको क्षेत्रिय अधिवेशनको क्रममा भाग लिएका प्रतिष्पर्धी साथीहरुलाई समेटेर अघि बढ्ने निर्णय गरेको छ ।

प्रदेश सभा (ख) क्षेत्रिय कार्य समितिका सभापति राजन पौडेलको सभापतित्वमा बसेको बैठकले अधिवेशनको क्रममा निर्वाचनमा भाग लिईरहँदा लोकतान्त्रिक प्रणाली अनुसार प्रतिष्पर्धामा आउनु भएकाहरुलाई क्षेत्रीय समितिमा समेटेर अघि बढ्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश सभा (ख) अन्र्तगतका सम्पूर्ण वडा तथा टोल समितिको विवरण उपलब्ध गराईदिन पालिका समितिलाई अनुरोध गर्ने,भातृ तथा शुभेच्छुक समिति गठन एवम् पुर्नगठन गर्ने सहितका महत्वपूर्ण ७ निर्णय गरिएको सचिव दिलराज घिसिङले जानकारी दिनुभयो ।

बैठकले नेपाली कांग्रेस प्रदेश सभा (ख) को नियमित बैठक प्रत्येक महिनाको अन्तिम शनिवार बस्ने समेत निर्णय गरेको छ । बैठकमा प्रदेश सभा (ख) क्षेत्रीय कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।